विदेश

बोको हरामद्वारा ११० लाई नियन्त्रणमा लिएको पुष्टि

बोको हरामद्वारा ११० लाई नियन्त्रणमा लिएको पुष्टि

अबुजा । नाइजेरियाली आतङ्कबादी समूह बोको हरामले हराइरहेका ११० जना छात्राहरुलाई आफ्नो नियन्त्रणमा राखिएको पुष्टि गरेको छ । 

 

सरकारी वार्ताकारहरुले ती छात्राहरुलाई सरकारी सेनासँग फिर्ता ल्याउन बोको हरामको कमाण्डरसँग माग गरेको मानवअधिकारवादीहरुले शुक्रबार जनाएका छन् । 

 

ती छात्राहरुलाई देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने डाप्ची सहरमा रहेको कम्या क्याम्पसबाट बोको हरामका लडाकूहरुले अपहरण गरेका थिए । चर्चित मानवअधिकारबादी तथा वकिल एैशा अल्काली बाकिलले अपहरित ती छात्राहरुलाई सुरक्षित, स्वास्थ र राम्रो अवस्थामा राख्न बोको हरामलाई आग्रह गरेका छन् ।

 

जवाफमा बोको हरामका नेता अल बर्नावीले ती छात्राहरुलाई कुनै असर र अप्ठ्यारो पर्न नदिने र नमार्ने प्रतिबद्धता जनाएको नाइजेरियाको समाचार संस्थाले उल्लेख गरेको छ । 

 

यसै हप्ताको सुरुमा चर्चित मानवअधिकारवादीहरुले अपहरित छात्राहरुलाई रिहा गर्न खुल्ला रुपमा आग्रह गरेका थिए । 

 

संयुक्त राष्ट्रसंघले बोको हरामले गरेको आतङ्कवादी आक्रमणका कारण सन् २००९ देखि हालसम्म झण्डै २० हजार जनाको मृत्यु भएको जनाएको छ । 

विशेष