News व्यापार

'कपडा डट कम'को औपचारिक शुभारम्भ

'कपडा डट कम'को औपचारिक शुभारम्भ

काठमाडौं । ‘लाबिज एन्ड ब्रायन फेसन लिमिटेड’ले शनिबारबाट कपडा डट कम नामक अनलाइन सपिङ साइटको औपचारिक थालनी गरेको छ । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष नरेश श्रेष्ठले विशेष कार्यक्रमबीच साइटको औपचारिक शुरुवात गरेका हुन् ।

बेलायतको लन्डनमा ३ वर्षदेखि सञ्चालनमा आएको कपडा डट कमले नेपाली परम्परागत पोशाकदेखि लिएर बजारमा उपलब्ध विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका पोशाक बिक्री गर्छ ।

नेपाल ई–कमर्स उद्योगको प्रवद्र्धन गर्न सघाउने उद्देश्यसहित अनलाइन सञ्चालन गरिएको कपडा डट कमका प्रमुख कार्यकारी विष्णु पुरीले बताए । उनका अनुसार कम्पनीले विभिन्न जातिविशेषका पोशाक पनि बिक्री गर्नेछ ।

 

विदेशमा रहेका नेपालीले आफ्नो समुदायविशेषका पोशाक ई–सेवा, पेपाल, डेबिट तथा क्रेडिट कार्डमार्फत अनलाइनबाट खरिद गर्न सक्ने पुरीले बताए । नेपालभित्रका उपभोक्ताले ‘क्यास अन डेलिभरी’ सुविधा पनि पाउनेछन् ।

यो साइटमा उपभोक्ताले नेपाली गर्मेन्ट्स, फुटवेयर, विभिन्न किसिमका गिफ्ट आइटम, केक, विद्यालयका पोशाकलगायतका सामान खरिद गर्न सक्ने पुरीले बताए ।

उनका अनुसार हाल काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा, चितवन र बुटवलका बजार क्षेत्रमा डेलिभरीको सुविधा उपलब्ध गराइएको छ ।

कार्यक्रममा बोल्दै चेम्बर उपाध्यक्ष नरेश श्रेष्ठले विदेशमा गएर उच्च शिक्षा हासिल गरेका युवाहरूले स्वदेश फर्किएर व्यवसाय गर्नु सराहनीय कार्य भएको बताउँदै नेपालमा समस्याको चाङ भए पनि हिम्मत गरेर व्यवसायको शुरुवात गर्नु निकै राम्रो भएको बताए ।

विशेष