News

खड्काको पार्थिव शरीर काठमाडौं ल्याइँदै , अत्येष्टि भोलि

खड्काको पार्थिव शरीर काठमाडौं ल्याइँदै , अत्येष्टि भोलि

काठमाडाैं । दिवंगत कांग्रेस नेता खुमबहादुर खड्काको पार्थिव शरीर आज साँझ काठमाडौं ल्याइने भएको छ । अन्त्यष्टि भने भोलि हुनेछ ।

 

कांग्रेस नेता शंकर भण्डारीले खड्काको शव अाज राति  ९:०० बजे फ्लाईटमा दिल्लीबाट काठमाडौं ल्याइने र भाेलि अन्त्यष्टि गरिने जानकारी दिए ।खड्काको शव अन्तिम श्रदाञ्जलीका लागि  पार्टी कार्यालय सानेपामा राखिनेछ ।

 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दिएको जानकारी अनुसार, भोलि बिहान ८ बजेदेखि २ बजेसम्म खड्काको शव पार्टी कार्यालय सानेपामा राख्ने र अपरान्ह ३ बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने छ ।

 

दिल्लीस्थित भारतको अपोलो अस्पतालमा उपचारका क्रममा खड्काको शुक्रबार निधन भएको थियो । खड्का केही समयदेखि मिर्गौला, छाती र नसाको समस्याबाट पीडित थिए ।

विशेष