करेन्ट लागेर एकको मृत्यु, पाँच घाइते
पर्वत । नेपाल विद्युत् प्राधिकरणको पोल सार्ने क्रममा पर्वतको जैमिनी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
पोलमा चढेर काम गरिरहेको बेला करेन्ट लाग्दा जैमिनी नगरपालिका–५ बिनामारेका २४ बर्षिय चन्द्रबहादुर थापा क्षत्रीको मृत्यु भएको हो । घटनामा अन्य पाँच जना घाईते भएका छन् ।
घाइते हुनेमा जैमिनी नगरपालिका–५ का होमनाथ शर्मा, धनबहादुर नेपाली, दुर्गाबहादुर परियार, चित्रनाथ उपाध्याय र रमेशप्रसाद आचार्य रहेका छन् ।
काठको कच्ची पोल रहेको ठाउँमा फलामको पक्की पोल राख्दा पोलले तारमा छोएर करेन्ट लागेको कुस्मीसेरा प्रहरी चौकीका इन्चार्ज देवराज बानियाँले जानकारी दिए ।
घाइतेहरुको बिनामारे स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि धौलागिरी अञ्चल अस्पताल बाग्लुङ लगिएको छ ।