राष्ट्रपति निर्वाचनको प्रचार ४ लाखसम्म खर्च गर्न पाइने
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका उम्मेदवारको चुनावी खर्चको सीमा निर्धारण गरेको छ।
आयोगका अनुसार, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका उम्मेदवारले बढीमा ४ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन्।
आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालका अनुसार, एक जना उम्मेदवारले चुनावको प्रचारप्रसारमा बढीमा ४ लाख रुपैयाँ खर्च गर्न पाउनेछन्।
यसैबीच आयोगले फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय रुपमा सम्पन्न गर्न ७ जना निर्वाचन अधिकृतका लागि निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रशिक्षण सञ्चालन गरेको छ।