News राजनीति

प्रतिनिधिसभाका सदस्यहरूबाट सपथ ग्रहण

प्रतिनिधिसभाका सदस्यहरूबाट सपथ ग्रहण

काठमाडौ । प्रतिनिधिसभाका सदस्यहरूले आज संसदमा सपथ खाएका छन् । प्रतिनिधिसभाका सदस्यपछि राष्ट्रियसभाका सदस्यले सपथ खाने कार्यक्रम रहेको छ । दुवै सदनका सदस्यहरुको शपथ ग्रहणको कार्यक्रम संघीय संसद भवन नयाँ बानेश्वरमा राखिएको छ ।

 

ऐतिहासिक संघीय संसदको पहिलो बैठक सोमबार बस्ने भएकाले सांसदहरुलाई एक दिन अगाडि नै शपथ ग्रहण गराइएको हो । प्रतिनिधिसभाका सांसदहरुलाई जेष्ठ सदस्य महन्थ ठाकुरले सपथ खुवाए । यसअघि ठाकुरले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ खाएका थिए ।

 

यसअघि गलत जन्ममितिका कारण महेन्द्रराय यादवको उमेर बढि देखिएपनि वास्तविक उमेरमा महन्थ ठाकुर जेष्ठ सदिस्यको हैसियतमा सपथ खुवाएका हुन् ।

विशेष