अहिले पनि छामेर र सुँघेरै जाँचिन्छ माछाको गुणस्तर
काकडभिट्टाको पूर्वी नाकामा रहेको एनिमल क्वान्टनाइन चेक पोस्टका प्राविधिकले भारबाट आयातीत माछा छामेर र सुँघेर जाँच्ने गरेको पाइएको छ ।
मुलुककै प्रमुखमध्येको उक्त नाकामा स्थापनाकालदेखि नै प्रयोगशाला नहुँदा सुँघेर वा छामेर माछाको गुणस्तर जाँच गरिँदै आइएको प्राविधिकहरुले बताएका छन् ।
मची नगरपालिकाका प्रमुख विमल आचार्यले विषादी चेक नगरी भित्रिन नदिनू भन्ने आदेश दिए पनि नाकामा परीक्षणको विधि भने पुरानै छ ।