भारतलार्इ ससंकित पार्दै चीनले ८.१ प्रतिशतले बढायाे सुरक्षा बजेट
बेइजिङ, (चीन) । भारतलार्इ ससंकित पार्दै चीनले आफ्नो सैन्य तयारीलाई चुस्तदुरुस्त पार्न सन् २०१८ का लागि सुरक्षा बजेटमा गतबर्षको सात प्रतिशतबाट बढाएर ८.१ प्रतिशत पु¥याएको छ । चीनको राष्ट्रिय व्यवस्थापिकामा सोमबार प्रस्तुत गरिएको नयाँ बजेटमा एक खर्ब ७५ अर्ब अमेरिकी डलरको सुरक्षा खर्च छुट्टाइएको हो ।
गत दुई बर्षको तुलनामा सन् २०१७ आर्थिक वृद्धिदर सामान्य बढी देखिएपनि सन् २०१३ पछि तेस्रो पटक गत बर्ष पनि आर्थिक वृद्धिदर एक अङ्कमा देखिएको छ ।
सन् २०१६ मा ७.६ प्रतिशत रहेको आर्थिक वृद्धिदर सन् २०१७ मा ७ प्रतिशत कायम हुन आएको देखिएको छ । चीनको रक्षा बजेटले अन्य चर्चित मुलुकहरूको राष्ट्रिय बार्षिक खर्चको तुलनामा यहाँको कुल ग्राहस्थ उत्पादनको सानो हिस्सामात्र ओगट्ने गर्छ ।
चीनको सेनाको प्रतिव्यक्ति खर्चदर पनि अन्य विकशित मुलुकको तुलनामा कम हुने गरेको १३ औँ नेशनल पिपुल्स कङ्ग्रेस (एनपीसी)का प्रथम बार्षिक सभाका प्रवक्ता झाङ यसुइले बताउनुभयो ।
सुरक्षा बजेटकोे वृद्धिको ठूलो हिस्सालाई सैनिक सेवामा कार्यरत अधिकारीको सेवागत सुविधा, तल्लो तहको सैनिक समूहको तालिम तथा सुरक्षा समग्रीलाई आवश्यक सुधार गर्न प्रयोग गरिने प्रवक्ता झाङले बताउनुभयो ।
त्यसैगरी बजेटले आर्थिक बर्ष २०१८/०१९मा चीनको कुल ग्राहस्थ उत्पादनमा ६.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ । यो आर्थिक बर्ष २०१६/०१७ को तुलनामा ०.२ र २०१७/०१८ को तुलनामा ०.३ प्रतिशतले कमी हो । यसका बाबजुद पनि चीन विश्वको अति शीघ्र आर्थिक वृद्धि हुने मुलुकका रूपमा रहनेछ ।
चीन सरकारको निर्यात र लगानीको सट्टा उपयोग र सेवाहरूका आधारमा अर्थतन्त्रको विकास गर्ने नीतिलाई प्राथमिकतामा राख्ने उद्देश्यका कारण चीनको अर्थतन्त्रमा सन् २०१५ पछि केही सुस्तता आएको देखिन्छ ।