बसको ठक्करबाट २ प्रहरी जवानको मृत्यु
काठमाडौं । बसको ठक्करबाट पोखरामा २ जना प्रहरी जवानको मृत्यु भएकाे छ ।
पोखराको विजयपुरमा गएराति डिउटी सकेर ग ११ प ३६४५ नम्बरको मोटरसाइकलमा फर्कदै गरेका प्रहरी जवानहरु प्रदीपकुमार यादव र सुशिल बानियाँलाई बा ४ ख ५७५८ नम्बरको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।
उनीहरुको क्षेत्रीय अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएकाे प्रहरीले जानकारी दिएकाे छ । प्रहरी जवान यादव र बानियाँ वडा प्रहरी कार्यालय बैदाममा कार्यरत थिए । बस चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।