२५ लाख रुपैयाँ 'ड्र' परेको भन्दै ठगी गर्ने ३ जना पक्राउ
रुपन्देही । रुपन्देहीमा २५ लाख रुपैयाँको ड्र परेको भन्दै ठगी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सियारी १ का २४ वर्षीय अंगदकुमार यादव , लुम्बिनी सांस्कृतिक नगरपालिका १ का २४ वर्षीय वीराज भनिने हुसेन शेष र मायादेवी ८ बस्ने २५ वर्षीय राधेश्याम कोइरी रहेकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएकाे छ ।
उनीहरुले भारतिय २५ लाख रुपैयाँको ड्र परेको भन्दै प्रलोभन देखाएर ड्र मा परेको पैसा नेपाल पठाउन बैङ्क सेक्युरिटिका लागि ६० हजार रुपैयाँ आवश्यक पर्ने भन्दै पैसा उठाएर सामान्य नागरिकलाई ठगी गरेको प्रहरीले बताएको छ ।
उनीहरुले १३ जना बाट ५ लाख २२ हजार ४०० रुपैयाँ ठगी गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिल्लीनारायण पाण्डेले जानकारी दिए । मोबाइलमा आइएमओ मार्फत ड्र परेको जानकारी गराउने र मनि ट्रान्सफरबाट पैसा पठाउन लगाएर ठगी गरेको सूचनाका आधारमा प्रहरीले उनीहलाई पक्राउ गरेको हो