News

अब वडाध्यक्षलाई तलब

अब वडाध्यक्षलाई तलब

स्थानीय तहका वडाध्यक्षसम्मले मासिक तलब पाउने गरी कानुन मस्यौदा तयार गरिएको छ ।


यो प्रदेश ५ को खबर हो ।

प्रमुखदेखि वडाध्यक्षसम्मलाई १५ देखि ३५ हजारसम्म मासिक तलब दिइने प्रदेश सरकारले मस्यौदा बनाएको हो । वडा सदस्यलाई भने भत्ताको व्यवस्था गरिएको छ ।


प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक मस्यौदा पारित गरेको हो ।

दिनहुँ कार्यालयमा खटिनुपर्ने भएकोले वडाध्यक्ष्सम्मले मासिक तलब पाउने कानुनको मस्यौदा मन्त्रिपरिषद्ले पारित गरेको छ ।

विशेष