२९ वटा भाषाको शब्दकोश बन्ने
भाषा आयोगले लोपोन्मुख २९ वटा भाषाको शब्दकोश बनाउने भएको छ । यसका लागि आयोगले अनुसन्धान सुरु गरिसकेको छ ।
शब्दकोशका लागि बोलचाल र लेखाइ केही पनि नभएको, समुदायमा बोलिने तर लेख्य परम्परा नभएको भाषाबारे अध्ययन सुरु गरिएको हो ।
अध्ययन सकिएपछि शब्दकोश निर्माण सुरु गरिने भाषा आयोगका अध्यक्ष डा.लवदेव अवस्थीले बताए । उनका अनुसार २९ भाषामध्ये पहिलो चरणमा १३ वटाको शब्दकोश बनाइनेछ ।