कुखुरा खाेरमा अागलागी हुँदा १० लाख बराबरकाे क्षति
राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिका–१ स्थित एक कुखुरा खोरमा आज आगलागी हुँदा ५०० कुखुरा र फार्म जलेका छन् ।
स्थानीयवासी गुनेश्वर साहको कुखुरा खोरमा विद्युत् सट भएर आगलागी हुँदा करिब रु १० लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।
आगो स्थानीयवासी, प्रहरी र शम्भुनाथबाट गएको वारुणयन्त्रले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।