News राजनीति

ओलीको सरकारको भूमिकाप्रति जनतामा आश छः पौडेल

ओलीको सरकारको भूमिकाप्रति जनतामा आश छः पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाबाट प्रतिनिधीसभामा प्रतिनिधित्व गर्ने एकमात्र सांसद दुर्गा पौडेलले भष्ट्राचारको बिरुद्धमा सबै दलहरु एकजुट हुनुपर्ने बिचार ब्यक्त गरेकी छिन् ।

 

दलको प्रतिनिधित्व गर्दै संसदमा सम्वोधन गर्दै उनले गणतन्त्र, धर्म निरपेक्षतालाई संरक्षण गर्दै, भष्ट्राचार नियन्त्रणका लागि सबै एक जुट हुन आवश्यक रहेको बिचार ब्यक्त गरिन् ।

 

पौडेलले भनिन्–‘हाम्रा अगाडि धेरै चुनौती पनि छन्, त्यसको समाना गर्ने शक्ति नभएको पनि होइन । हाम्रो शक्ति भनेको जनता हो । जनताको मागको संबोधन गरेर हामीले शक्ति हासिल गर्न सक्छौँ ।’

 

उनले प्रधानमन्त्री केपी ओलीको सरकारको भुमिकाप्रति जनताको आशा रहेको बताउदै सफल कार्यकालको शुभकामना दिईन ।

विशेष