News

सडक अतिक्रमण गरी बनाइएका संरचना भत्काउन सुरू

सडक अतिक्रमण गरी बनाइएका संरचना भत्काउन सुरू

नगरपालिकाले नगरलाई व्यवस्थित बनाउने उद्देश्यले नगरपालिका–६ बुडोलडाँडा आसपास सडक छेउछाउमा व्यवसायीले निर्माण गरेका संरचना डोजर लगाएर हटाउन थालेको छ । याे बनेपा नगरपालिकाकाे खबर हाे । 
 


उक्त संरचना हटाउन नगरपालिकाले यही फागुन १० गते सूचना जारी गरेको थियो । समयसीमा सकिएलगत्तै बनेपाको पुल बजारदेखि २८ किलोमिटरसम्मको अरनिको राजमार्ग दायाँबायाँका सबै संरचना हटाउन शुरु गरिएको हो । 

पछिल्लो समयमा व्यवसायीले सडक अतिक्रमण गर्ने क्रम बढेसँगै सडक साँघुरो बन्दै गएको थियो । सडक अतिक्रमण हटाउन नगरपालिकाले गरेको प्रयास विफल भएको थियो ।

 

बनेपा नगरपालिका–६ का वडाध्यक्ष सचितानन्द केसीका अनुसार सडकको दायाँबायाँ राखिएका पुराना सवारी साधनलाई क्रेनको माध्यमबाट हटाउन थालिएको छ । 

“बाटो छेकिनेगरी राखिएका होडिङ बोर्ड डोजर लगाएर हटाउन थालेका छौँ,” उनले बताए ।

विशेष