व्यापार

फोर्ड गाडीमा चर्को ठगी, विभागकै निर्देशक दाहालले दिँदैछन् उन्मुक्ति

फोर्ड गाडीका व्यवसायी र विभाग निर्देशक दाहालको शंकास्पद सम्बन्ध

फोर्ड गाडीमा चर्को ठगी, विभागकै निर्देशक दाहालले दिँदैछन् उन्मुक्ति

काठमाडौं । फोर्ड गाडीमा हुँदैआएको ठगी प्रमाणसहित भेटिँदा पनि उक्त गाडी बिक्रेता कम्पनी जिओ अटोमोबाइल्स कारवाहीको दायरमा परेको छैन । उपभोक्ताको हितका लागि कार्यरत निकाय आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग नै उदाशीन देखिएको छ ।

 

जिओ अटोमोबाइल्सले एउटै सवारी साधनबाट लाखौँ रुपैयाँ अवैधरुपमा असुली गर्दा पनि विभागले भने उक्त कम्पनीलाई उन्मुक्ति दिने प्रयास गर्न थालेको छ ।

 

विभागको टोलीले नै अनुगनका क्रममा उक्त कम्पनीले कालोबजारी गर्दैआएको तथ्य प्रमाण भेटेको थियो । कालोबजारी गर्ने कसैलाई पनि उन्मुक्ति नदिने दाबी गर्दैआएका विभागका महानिर्देशक कुमारप्रसाद दाहाल नै पछिल्लो समय जिओ अटोमोबाइल्सलाई उन्मुक्ति दिने प्रयासमा छन् ।

 

महानिर्देशक दाहालको निर्देशनमा विभागले जिओ अटोमोबाइल्ससहित १३ वटा सवारीसाधन बिक्रेता कम्पनीमा अनुगन गरेको थियो । अनुगनका क्रममा सवारी बिक्रेता कम्पनीले उपभोक्ताबाट गैरकानुनी तरिकाले विभिन्न शीर्षकमा शुल्क असुली गर्दैआएको भेटिएको थियो ।

 

सवारी बिक्रेता कम्पनीले ग्राहकबाट विज्ञापन शुल्क, प्रशासनिक शुल्क, इन्धन शुल्क, बैंकको ब्याज, प्रति सवारीसाधन राखेको शुल्क, भन्सारमा लाग्ने एजेन्ट शुल्क, कर्मचारीको तलवलगायत शुल्क असुली गरी फाइदा अलग–अलग उठाउने गरेको भेटिएको थियो ।

 

ऐन कानुनमा २० प्रतिशत मुनाफा राख्न नपाउने प्रवाधान भए पनि कम्पनीले ऐन नियमको ठाडो उल्लंघन गर्दै जिओ अटोमोबाइल्सले प्रतिसवारी साधनबाट ५० प्रतिशत मुनाफा लिने गरेको भेटिएको थियो ।

 

तर अहिले विभागकै महानिर्देशकले उक्त कम्पनीलाई कारवाही गर्न तयार नदेखिएपछि आर्थिक प्रलोभनमा परेको दाहालमाथि आरोप लाग्न थालेको छ । जिओ अटोमोबाइल्सलाई उन्मुक्ति दिनकै लागि विभागले चलखेल गरी मुद्दा दायर गर्न आलटाल गर्दैआएको छ ।

 

कम्पनीले करबाहेक वास्तविक बिक्री मुल्य २२ लाख ५८ हजार दुई सय ९२ रुपैयाँ पर्ने फोर्ड कम्पनीको ईको स्पोर्ट चारपांग्रे सवारीसाधनमा छुटका नाममा जीओ अटोमोबाइल्सले पाँच लाख ६४ हजार चार सय १६ रुपैयाँ थप गरी उपभोक्ता बिक्री मुल्य २८ लाख २२ हजार सात सय आठ रुपैयाँ कायम गरेको विभागले अनुगमनको क्रममा फेला पारेको थियो ।

 

विभागले अनुसन्धानको क्रममा प्रतिसवारीसाधन बिक्री गर्दा उपभोक्ताबाट प्रशासनिक खर्च भनेर ९१ हजार पाँच सय ५९ रुपैयाँ अतिरिक्त खर्च असुल गरेको भेटिएको जानकारी दिए । यस्तै बिक्रीवितरण र विज्ञापनका नाममा पनि प्रतिगाडी उपभोक्ताबाट ६४ हजार चार सय ३३ रुपैयाँ र बैंकको ब्याज दर भनेर ३७ हजार थप रकम असुल गरी बिक्री गरेको पाइएको थियो ।

 

‘१.५ लिटर पेट्रोल मोडेलको इको स्पोर्ट गाडीको करबाहेक वास्तविक बिक्री मूल्य २२ लाख ५८ हजार दुई सय ९२ रुपैयाँ मात्रै पर्छ । एचआर ६४६०० इन्जिन नम्बर भएको उक्त ब्रान्डको गाडी दुई लाख २८ हजार चार सय ३३ रुपैयाँ अतिरिक्त मूल्य जोडेर जीओ अटोमोबाइल्सले २४ लाख ८६ हजार सात सय २५ रुपैयाँमा सोमबार बिक्री गरेको बिल नम्बर ७५७ बाट भेटिएको छ ।’ विभागले उल्लेख गरेको छ ।


 र याे पनि,

► एलडीओलाई ट्वाइलेटमा थुन्ने मन्त्री मात्रिकाले रोक्लान् त अटाेमाेबार्इल्सकाे कालोबजारी ?

► आकाशीयो हुण्डार्इ कार बिक्रेताको कालोबजारी, मूल्य नघटाउने नियत

 गाडी बिक्रेतालाई मस्ती, उपभोक्तालाई सास्ती

 कालोबजारी नगरेको भन्दै नाडाले निकाल्यो विज्ञप्ति 

 नाडा महासचिव दुलाल भन्छन्ः हामीलाई नाफा अझै पुगेको छैन (भिडियो) 

 ‘रेनल्ड’ गाडीमा ब्रह्मलुट, समाचार लेख्दा सञ्चार माध्यम बन्द गरिदिने धम्की (भिडियो)

 ‘रेनल्ड’ गाडी र 'सुजुकी बाईक'मा ब्रह्मलूट, ८ लाखको गाडीलाई ३५ लाख !

  निसान गाडीमा निरन्तर ठगी

  उपभोक्ता हित संरक्षण विभागको अनुगमन तिब्र तर कारवाही शून्य

  कालोबजारी गर्नेहरुलाई यसरी तह लगाउँदैछन् महानिर्देशक दाहालले(भिडियाेसहित)

  अब मोटरसाइकलमा लुट मच्चाउनेहरुको बज्ने भयो बाह्र (भिडियाेसहित)

  कालोबजारी गर्ने कसैलाई पनि छाड्दिन (भिडियोसहित)

  ‘एड्भान्स्ड अटोमोबाईल्स’ले कालोबजारी गरेको भन्दै महानिर्देशक दाहालको निर्देशनमा छापा मारियो

  रोकिएन ‘फोर्ड’ गाडीको चर्को कालोबजारी 

  कालोबजारी गर्नेहरुलाई यसरी तह लगाउँदैछन् महानिर्देशक दाहालले (भिडियोसहित)

  पल्सरको प्रेममा परेका युवालाई यसरी ठग्दो रहेछ बजाजले

►  यामाहाको लुट एकलौटी, डिलर सञ्चालकले पाउँछन् मात्रै पाँच प्रतिशत

►  यामाहाले एउटै मोटरसाइकलमा ७८ हजार फाइदा लिने गरेको खुलासा

  अब मोटरसाइकलमा लुट मच्चाउनेहरुको बज्ने भयो बाह्र (भिडियाेसहित) 

► युवतीहरू हुरुक्क हुन्छन् स्कुटीमा, स्कुटीबाटै लुट्छन यिनले (तालिकासहित)

 नामका प्रतिष्ठित व्यापारी, काममा देश सिध्याउने मेलो

► यामाहाको लुट जानौं, लुट्ने पनि चिनौं (लुटको लिस्टसहित)

 हुन्डाईमा चर्काे कालाबजारी : एउटै कारमा साढे २१ लाख रुपैयाँसम्म झ्वाम

 अभिक ज्योतिको व्यापार लुटको जगमा

 समाचार प्रभाव : गाडीमा कालोबजारी गर्ने हुन्डाईको सो रुममा छापा, कागजात नियन्त्रणमा

 नाडा अटो मेलामा जाँदै हुनुहुन्छ ? बजाजको ठगीबाट बच्नुहोला

 पल्सरको प्रेममा परेका युवालाई यसरी ठग्दो रहेछ बजाजले

 गोल्छाबाट लुटिएको थाहा पाएपछि ग्राहकहरु बजाजका मोटरसाइकल फिर्ता गर्न सोरुम पुग्न थाले

 बजाजको मोटरसाइकलमा लुट मच्चाउने शेखर गोल्छा उद्योगी व्यापारीको नेता हुने दौडमा

► मन्त्रीलाई फन्दामा पार्दै कालोबजारी गर्ने अटोमोबाइल कम्पनीहरुको यस्तो योजना

 

विशेष