News स्वास्थ्य

स्वस्थ्य जीवन जिउन विद्युतिय सामान बन्द गरेर सुत्न विज्ञको सुझाव

स्वस्थ्य जीवन जिउन विद्युतिय सामान बन्द गरेर सुत्न विज्ञको  सुझाव

अधिकांश मानिसलाई आफ्नो निद्रा पुरा भएको छैन भन्ने थाहा हुन्छ, तर एक दिनमा कति निद्रा चाहिन्छ भन्ने कुरा भने थाहा हुँदैन । अमेरिकामा भएको एक अध्ययनले व्यक्तिको निद्रालाई उसको उमेरसँग जोडेर फरक फरक तथ्य सार्वजनिक गरेको छ ।

 

नियमित जीवनशैलीको अभाव, मदिरा, कफी र इनर्जी ड्रिंक्सको सेवन लगायतका कुराले दैनिक दिनचर्यामा प्रभावित पार्ने अध्ययनले पत्ता लगाएको छ ।  
अमेरिकाको भर्जिनियास्थित एरलींगटनको च्यारीटी नेशनल स्लीप फाउण्डेशनका अनुसार हरेक व्यक्तिको जीवनशैली उसको निद्रामा निर्भर गर्छ । व्यक्तिको उमेर अनुसार उसलाई आवश्यक पर्ने निद्राको समय पनि फरक हुन्छ । 

 

  •   नवजात (जन्मेदेखि तीन महिना)   हरेक दिन १४ देखि १७ घण्टा निद्रा आवश्यक पर्छ । ११ देखि १३ घण्टा पनि पर्याप्त हुन्छ तर १९ घण्टा भन्दा बढी निद्रा फाइदाजनक नहुने अध्ययनको निष्कर्ष छ । 
  •  शिशु (४ देखि ११ महिना) - हरेक दिन १२ देखि १५ घण्टा निद्रा आवश्यक हुन्छ । कम्तिमा १० घण्टा पर्याप्त हुन्छ तर १८ घण्टा भन्दा बढी निद्रा उपयुक्त हुँदैन । 
  •    सानो बच्चा (एक देखि दुई वर्ष)  - ११ देखि १४ घण्टाको निद्रा उपयुक्त हुन्छ । ९ घण्टा देखि १६ घण्टासम्मको निद्राले नोक्सानी गर्दैन । 
  •     तीन देखि पाँच वर्षका बालबालिका  -  १० देखि १३ घण्टाको निद्रा उपयुक्त मानिन्छ । आठ घण्टा भन्दा कम र १४ घण्टा भन्दा बढी निद्रा उपयुक्त मानिदैन । 
  •     स्कुल जाने उमेरका बालबालिका (६ देखि १३ वर्ष ) -  ९ घण्टा देखि ११ घण्टा उपयुक्त मानिन्छ । यो उमेर समुहका बालबालिकाका लागि ७ घण्टा भन्दा कम र ११ घण्टा भन्दा बढी निद्रा फाइदाजनक मानिदैन । 
  •     किशोरावस्था (१४ देखि १७ वर्ष)  - यो उमेर समुहका लागि ८ देखि १० घण्टाको निद्रा आवश्यक मानिन्छ । सात घण्टा भन्दा कम र ११ घण्टा भन्दा बढी निद्रा भने उपयुक्त मानिदैन । 
  •     वयस्क ( १८ देखि २५ वर्ष) - नौजवान वयस्कका लागि सात देखि ९ घण्टाको निद्रा पर्याप्त मानिन्छ । ६ घण्टा भन्दा कम र ११ घण्टा भन्दा बढी निद्रा उपयुक्त मानिदैन । 
  •     २६ देखि ६४ वर्ष - यो उमेर समुहका मानिसलाई पनि वयस्कलाई जति नै निद्रा आवश्यक पर्ने अध्ययनबाट पुष्टि भएको छ । 
  •     वृद्ध (६४ वर्ष भन्दा माथि) - यो उमेर समुहका मानिसका लागि ७ देखि ८ घण्टाको निद्रा उपयुक्त मानिन्छ । पाँच घण्टा भन्दा कम र ९ घण्टा भन्दा बढी निद्रा उपयुक्त मानिदैन ।

नेशनल स्लीप फाउण्डेशनका विशेषज्ञहरुका अनुसार राम्रो निद्रा कसरी प्राप्त गर्न सकिन्छ भन्ने सुझाव पनि दिएका छन् । 

  • समयमै सुत्ने बानी बसाल्ने 
  •    हरेक दिन व्यायाम गर्ने
  •    बेडरुमको तापक्रम, ध्वनी र प्रकाश सन्तुलन गर्ने 
  •    आरामदायी बेड र सिरानीको प्रयोग गर्ने 
  •    मदीरा र कफीबाट बच्ने 
  •    सुत्नुभन्दा पहिले इलेक्ट्रोनिक्स समान बन्द गर्ने 

 बीबीसीको सहयोगमा ।

विशेष