जनता जान्न चाहन्छन्ः राष्ट्रपति विद्या भण्डारीलाई किन नहटाउने ? (भिडियो)
राष्ट्रपतिबारे जनचासो
काठमाडौं । संघीय नेपालको पहिलो राष्ट्रपतिमा पनि विद्यादेवी भण्डारीलाई नै कायम गर्ने कुरामा एमाले–माओवादीबीच लगभग सहमति भइसकेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई नै राष्ट्रपति दोहोर्याउन एमालेलाई दबाब दिँदै आएपछि यस्तो अवस्था आएको बुझिएको छ । त्यसो त, प्रधानमन्त्री केपी ओली स्वयं पनि भण्डारीलाई नै दोहोर्याउन चाहन्थे ।
यद्यपि एमालेका पूर्व अध्यक्ष एवम् वरिष्ठ नेता झलनाथ खानालले पनि राष्ट्रपतिको कुर्सी ताकिरहेका थिए । एमाले र माओवादीभित्रै झलनाथलाई राष्ट्रपति बनाउनुपर्छ भन्ने स्वर उठे पनि सुनुवाइ हुन सकेन । त्यही स्वर अहिले एकीकृत वाम पार्टीभित्र गुनासो र असन्तुष्टिको रुपमा गढिरहेको छ ।
नेपालआजको यस पटकको ‘जनता जान्न चाहन्छन्’ श्रृंखला यही विषयमा केन्द्रित छ । हामीले केही कलेजका विद्यार्थी तथा विद्यार्थी नेताहरुसमक्ष यही विषयमाथि बहस गराएका थियौँ ।
कतिले दोहोर्याउनुलाई ठीक ठाने भने केहीले नयाँ राष्ट्रपति बनाउनुपर्ने तर्क राखे । नेपालआजको नियमित श्रृंखला ‘जनता जान्न चाहन्छन्’मा तपाईँ पनि सहभागी हुन सक्नुहुन्छ । तपाईँले देखेका, भोगेका सामाजिक चासोका विषय हामीलाई सुझाउन सक्नुहुन्छ । हामी ति विषयमाथि यस्तै बहस गराउनेछौँ ।
र यो पनि,
► जनता जान्न चाहन्छन्ः मदन भण्डारी त्रिशुलीमा, खड्ग ओली शिंहदरबारमा कसरी ? (भिडियो)
जनता जान्न चाहन्छन् विद्यादेवी भण्डारी झलनाथ खानाल