बाल्टिन बम निष्क्रिय
रुकुम । रुकुम पश्चिममा सोमबार फेला परेको बाल्टिन बम आज नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।
जिल्लाको चौरजहारी नगरपालिका–१० मा सिँचाइको नहर (कुलो) खन्दा फेला परेको बाल्टिन बम आज दिउँसो १२:३० बजे नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।
बमलाई सोमबार नै निस्क्रिय पार्ने भनिए पनि अफ्ठेरो ठाउँमा भएकाले आज दिउँसो मात्र निष्क्रिय पारिएको बताएको छ । सोमबार दिउँसो ३ बजे फेला परेको बमलाई आज दिउँसो १२ बजेसम्म प्रहरी चौकी सर्केनाले सुरक्षा दिएको थियो । (रासस)