साहित्यकार इन्द्रबहादुर राईको निधन
काठमाडौँ । नेपाली भाषाका प्रख्यात साहित्यकार ९० वर्षीय इन्द्रबहादुर राईको मंगलबार साँझ निधन भएको छ।
लीलालेखनका सुरुवातकर्ता तथा आयामेली साहित्यका सर्जक राई दार्जिलिङमा बसोबास गर्थे। गत फेब्रुअरी ३ मा उनको ९० औँ जन्मदिन मनाइएको थियो। उनी लामो समयदेखि विभिन्न विरामीसँग जुधिरहेका थिए। दार्जिलिङको स्थानीय पत्रिका खबर पोस्टका अनुसार उनको मंगलबार साँझ निधन भएको हो।
दार्जिलिङका साहित्यकारहरुले उनको निधनमा श्रद्धाञ्जली व्यक्त गर्दै सामाजिक सञ्जालहरुमा दु:ख व्यक्त गरिरहेका छन्।
उनको ‘आज रमिता छ’लगायत पुस्तक तथा अन्य सिर्जनाहरु प्रकाशित छन्।