२० वर्ष पुराना सवारीसाधन जफत गरिने
काठमाडौं । आगामी चैत्त १ गतेदेखि कुनै पनि स्थानको सार्वजनिक सडकमा २० वर्ष पुराना सवारीसाधान चलाएमा जफत गरिने भएको छ।
सरकारले २० वर्ष पुराना सार्वजनिक सवारीसाधनलाई बन्द गर्ने निर्णयअनुसार सो अभियान सञ्चालन गर्न लागेको हो । त्यसका लागि यातायात व्यवस्था विभागले ट्राफिक प्रहरी कार्यालय र देशभरका यातायात कार्यालयलाई अनुगमनका लागि पत्राचार गरिसकेको छ।
विभागका महानिर्देशक रुपनारायण भट्टराईले भने, ‘चैत १ गतेदेखि सार्वजनिक सडकमा २० वर्षे पुुराना सवारी चलाएमा हामी ठाउँका ठाउँ सवारी जफत गर्छौं’, १ गतेदेखि अनुगमन सुरु हुन्छ, हामीले सूचना सार्वजनिक गरिसकेका पनि छौं।
विभागले सवारी दुर्घटना र प्रदूषण कम गर्न २० वर्ष पुराना सवारीसाधन सञ्चालन निषेध गर्ने तयारी गरेको हो। तर यातायात व्यसायीले भने सवारीको आयु २० वर्ष तोकिनु वैज्ञानिक नभएको बताएका छन्। याे खबर अाजकाे गोरखापत्रमा छ ।