News

बैतडीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ घाइते

बैतडीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ घाइते

बैतडी । बैतडी जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

 

 म १ ज २३३ नम्बरको  जिप  डिलासैनी गाउँपालिका ३ लुलचुडामा दुर्घटना भएकाे हाे । दुर्घटनामा घाइते भएका दार्चुलाको मर्म गाउँपालिका ३ का ३६ वर्षीय कृष्ण सिंह विष्टको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गोकुलेश्वरमा मृत्यु भएको हो।

 

घाइतेमध्ये ४ जनाको सोही प्राथमिक केन्द्रमा उपचार भइरहेको छ भने एक जनालाई उपचारको लागी धनगढी ल्याइएको छ ।

विशेष