News भिडियो कभर स्टोरी

काठमाडौंका भुकम्पपीडितलाई अत्याधुनिक घर बनाउँदै प्राधिकरण (भिडियो)

काठमाडौंबासीका लागि आकर्षक हाउस पुलिङ योजना 

काठमाडौंका भुकम्पपीडितलाई अत्याधुनिक घर बनाउँदै प्राधिकरण (भिडियो)

काठमाडौं । काठमाडौं उपत्याकाका भुकम्प पीडितहरुको घर निर्माण कार्य पहाडी क्षेत्रमा भन्दा जटिल भएको यस विषयका जानकारहरुको भनाइ छ । असन, इन्द्रचोक, साँखु, बुङमती, पाटन जस्ता भुकम्प प्रभावित बाक्लो बस्तीको व्यवस्थापन गर्न सरकारलाई झनै ठूलो चुनौती छ ।

 

यस्तै बस्तीलाई व्यवस्थित गर्न भन्दै भुकम्प पुनर्निर्माण प्राधिकरणले हाउस पुलिङको अवधारणा अघि सारेको छ । पुरातात्विक संरचनामा बनेका पुराना घरको संरचना यथावत राख्दै हाउस पुलिङको प्रविधिबाट घर बनाउँदा पर्यकटीय आकर्षण पनि बढ्ने अपेक्षा पुनर्निर्माण प्राधिकरणको छ ।

 

तर विकास निर्माणको क्षेत्रमा नेपालकै नयाँ अवधारणा हो हाउस पुलिङ । अहिले नै सर्वस्विकार्य नभए पनि आम मानिसले यसको महत्व बुझ्दैजाने बताउँछन् प्राधिकरणका निमित्त सचिव राजुमान मानन्धर ।

 

यही विषयमा मानन्धरले नेपालआजको स्टुडियोमा आएर अन्तरवार्ता दिएका छन् । ‘हाउस पुलिङको अवधारणा के हो ? यसले उपभोक्तालाई कसरी लाभ पुर्याउँछ ? स्थानीय तहको कस्तो भुमिका हुन्छ ?’ जस्ता विषयमा मानन्धरले यहाँ अथ्र्याएका छन् ।

 

यसबाहेक धरहरा समेत प्राधिकरणले नै निर्माण गर्ने र त्यसको कस्तो ढाँचा हुने समेत उनले बताएका छन् । प्राधिकरणले अवलम्बन गरेको हाउस पुलिङ योजना लागु गर्न स्थानीय तहसँग बारम्बार बैठक बस्दैआएको पनि उनले बताए ।

 

मानन्धरका अनुसार हाउस पुलिङ योजनामा स्थानीय तह र उपभोक्ता समेत सहमत छन् । नेपालका लागि नयाँ योजना भए पनि विकसित मुलुकमा समेत यस्तो योजना सफल र लाभदायी भएको उनको भनाइ छ ।

 

राजुमान मानन्धर

विशेष