यस्तो छ एकीकृत पार्टीको प्रारम्भिक नयाँ खाका
काठमाडाैं । एमाले र माओवादी केन्द्रको एकतापछिको एकीकृत पार्टीले केन्द्र प्रदेश हुँदै वडाभन्दा तलसम्मै सांगठनिक संरचना निर्माण गर्ने भएका छन् । एकीकृत पार्टीको केन्द्रमा तीनवटा आयोग रहनेछ भने प्रदेशमा पनि आयोग गठनको प्रतिवेदन तय भएको छ ।
दुई ठूला पार्टीको एकीकरणपछि नयाँ पार्टीको केन्द्रीय सदस्य ३०१ जनाको रहने भएको छ । एमाले र माओवादी केन्द्रले एकताको विषयमा टुंग्याउन प्रतिवेदन लेखनका लागि गठन गरेको कार्यदलमा ३०१ केन्द्रीय सदस्य, ९९ जनाको पोलिटब्युरो र ३३ सदस्यीय स्थायी समिति सदस्य रहनेगरी छलफल चलेको छ ।
पार्टी एकता संयोजन समितिले गत ७ फागुनमा प्रतिवेदन समिति र सांगठनिक तथा मस्यौदा कार्यदल गठन गरेका थिए । दुई कार्यदलमा छलफलका क्रमका विभिन्न संख्या रहनेगरी छलफल जारी रहेको नेताले बताएका छन् ।
संगठन तथा मस्यौदा कार्यदलको संगठनसम्बन्धी बनेको उपसमितिमा भने ३०१ जनाको केन्द्रीय सदस्य रहनेगरी प्रतिवेदन तय भएको स्रोतले बताएको छ । याे खबर अाजकाे राजधानी दैनिकमा छ ।