राजनीति भिडियो कभर स्टोरी इतिहास र अनुभूति

प्रा.डा. केसीको प्रश्न: मदन भण्डारीको ‘ट्रेडमार्क’बेचेर विद्या भण्डारी सधैँ शक्तिमा ? (भिडियो)

श्रीमानकै कारण धेरै महिला नेता बने (भिडियो)

प्रा.डा. केसीको प्रश्न: मदन भण्डारीको ‘ट्रेडमार्क’बेचेर विद्या भण्डारी सधैँ शक्तिमा ? (भिडियो)

काठमाडौं । नेपालकै पहिलो महिला राष्ट्रपति विद्या भण्डारीलाई फेरि राष्ट्रपति बनाइने निश्चित भएको छ । संयोगवश् अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भ छ ।

 

राष्ट्रपति भण्डारीको सफलतामा आम नेपाली महिलाले अपनत्व महसुश गर्लान् त ? नेतृत्वमा रहेका महिला र उनीहरुको जिम्मेवारीबारे राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसीसँग बहस भएको छ ।

 

पछिल्लो राजनीतिक घटनाको रुपमा राष्ट्रपति विद्या भण्डारीको विषयमार्फत प्रा. डा. केसीले समग्र नेपाली महिलाको अवस्था र प्रबृत्ति यहाँ केलाएका छन् ।

 

समावेशीको दुरुपयोग

राजनीतिक उपलब्धिको रुपमा स्थापित समानुपातिक समावेशीको विषयलाई नै नेपाली राजनीतिकर्मीहरुले दुरुपयोग गर्दैआएको प्रा. डा. केसीको टिप्पणी छ ।

 

नेतृत्वमै रहेका व्यक्तिले यस्तो गम्भीर विषयलाई दुरुपयोग गरेको उनको गुनासो छ । साथै नेतृत्वमा देखिएका अधिकांश महिला श्रीमानकै कारण त्यहाँ पुगेको उनले बताए ।

 

‘मदन भण्डारीकै कारण विद्या कहिल्यै पदभन्दा तल बस्नु परेन । तर जीवराजकी पत्नि माया ज्ञवालीलाई भने कहिल्यै नेतृत्वमा लैजाने प्रयास भएन,’ डा. केसीले भने, ‘एमालेमा मदन भण्डारीलाई ट्रेडमार्क बनाइएको छ ।’

 

विद्या झैँ अन्य थुप्रै नेतृत्वमा रहेका महिला श्रीमानकै कराण त्यहाँ पुग्ने अवस्था गलत रहेको उनको टिप्पणी छ । साथै समानुपातिकको नाममा राष्ट्रियसभामा जसरी श्रीमानको सहायतामा महिलालाई भित्र्याइयो यसले राजनीतिक संस्कार बिगारेको डा. केसीको बुझाइ छ ।

 

र यस्तो प्रबृत्तिले राजनीतिक संस्कार त बिग्रियो नै वास्तविक महिलाका मुद्दा पनि ओझेलमा पर्ने खतरा रहेको उनको भनाइ छ ।

 

‘समानुपातिक समावेशीको अवधारणा त सबैभन्दा तल्लो तहमा रहेका महिलाको लागि हुनुपर्ने थियो,’ प्रा. डा. केसीले भने । तर नेपाली राजनीतिमा अधिकारको यस्तो विषयलाई माथिल्लो तहकै महिलाले पनि दुरुपयोग गरेको उनले बताए ।

 

समग्रमा केही महिलालाई केही पदमा राखिँदैमा आम महिलाको जीवन परिवर्तन नहुने उनको भनाइ थियो । वास्तविक महिलालाई नै प्रतिनिधि बनाउनुपर्ने डा. केसीले बताए ।

डा. सुरेन्द्र केसी इतिहास र अनुभुति

विशेष