महिला दिवसकै दिन बाेक्सीको आरोपमा किशोरीमाथि मरणासन्न हुने गरी कुटपिट
धनगढी, फागनु २४ । महिला दिवसकै दिन बाेक्सीको आरोपमा किशोरीलाई मरणासन्न हुने गरी कुटपिट गरिएको छ । कैलालीको घोडाघोडी नगरपालिका–५ की १८ वर्षीया किशोरी राधा चौधरीलाई स्थानीय गुरुवा रामवहादुर चौधरीले बाेक्सीको आरोपमा कुटपिट गरेका हुन् ।
आफ्नो पुजाआजाका लागि नआएको निहुँमा बाेक्सी भनेर कुटपिट गरिएको स्थानीय वासिन्दाले बताएका छन् । ६ घण्टासम्म कुटपिट हुँदा चौधरी बेहोस भएपछि उनको घोडाघोडी अस्पतालमा उपचार भईरहेको छ । आज साँझ सम्म पनि उनको होस खुलेको छैन ।
गुरुवा रामप्रसाद चौधरीलाई भने प्रहरीले उपचार खर्च दिने सर्तमा छोडेको छ ।
ईलाका प्रहरी कार्यालय सुख्खडसँगै घोडाघोडी नगरपालिका मेयर ममताप्रसाद चौधरी सहित वडा अध्यक्षहरुले घटनालाई ढाकछोप गर्दै मिलाएको आफन्तको आरोप छ ।
बाेक्सीको आरोपामा कुटपिटको घटनालाई प्रहरी जनप्रतिनिधिले लुकाउन खोजेको वताईएको छ । दिनेश खबरबाट