News समाज स्वास्थ्य

धनगढी उपमहानगरपालिकाका सबै वडाहरुमा निःशुल्क कीटनाशक झुल वितरण

धनगढी उपमहानगरपालिकाका सबै वडाहरुमा निःशुल्क कीटनाशक झुल वितरण

धनगढी । गर्मीको समय आउनै लाग्दा धनगढी उपमहानगरपालिकाका सबै वडाहरुमा निःशुल्क कीटनाशक झुल बितरण गरिएको छ । 

 

ग्लोबल  फण्ड, नेपाल सरकार स्वास्थ्य मन्त्रालय, रोग तथा औलो नियन्त्रण महाशाखा र अन्तराष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रनको सहयोगमा ग्रामीण बिकास आधार मार्फत निशुल्क कीटनाशक झुल वितरण गरिएको हो । 

 

सन् २०१६ को सुक्ष्म विश्लेषणको आधारमा औलो तथा मलेरीया उच्च जोखीममा रहेका देशका विभिन्न गाउँपालिका तथा नगरपालिकाका सम्पुर्ण वडाहरुमा निःशुल्क झुल वितरण कार्यक्रम ल्याएको ग्रामीण विकास आधार धनगढी उप महानगरपालिका फिल्ड ईन्चार्ज देवराज उपाध्यायले बताए ।

 

 उनका अनुसार कैलाली जिल्लामा मात्रै तीन लाख ६५ हजार बराबरका झुल वितरण हुनेछन् । 

 

त्यस्तै साविकको धनगढी नगरपालीकाका १६ वटै वडामा झुल वितरण हुने र १४ वटा वडामा झुल वितरण भईसकेको छ भने बिहिबार १ नम्बर वडामा झण्डै १२ हजार झुल वितरण भएका गरिएका छन् ।

 

शुक्रबार ५ र १६ नम्बर वडामा झुल वितरण गरिसकेपछि कार्यक्रम सकिने उपाध्यायको भनाई छ । 

 

वि.सं.२०६८ सालको जनगणनाअनुसार झण्डै एक लाख, ३७ हजार, ६ सय ६६ जनसंख्या रहेको धनगढी उप–महानगरपालिकामा मात्रै एक लाखभन्दा बढी झुल वितरण हुने उनले जानकारी दिए ।

 

गर्मी समय सुरु भएसँगै लामखुट्टेको संख्यामा वृद्धि हुँदै गएको छ । निःशुल्क कीटनाशक झुल पाएपछि नगरवासी खुसी भएका छन् । चर्को गर्मीमा पनि घण्टौंसम्म लाईन बसेर झुल लिए । 

विशेष