News अपराध सुरक्षा

वन्यजन्तुकाे अंग तस्कर डिमे कारागार चलान

वन्यजन्तुकाे अंग तस्कर डिमे कारागार चलान
काठमाडाैं । वन्यजन्तुको अङ्ग तस्करीमा संलग्न रहेको अभियोगमा अदालतबाट दोषी ठहरिएका लोडु डिमे कारागार चलान भएका छन् । 
 
 
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआर्इबी)ले पक्राउ गरी जिल्ला वन कार्यालय नुवाकोटलाई बुझाएलगत्तै फैसला कार्यान्वयनका लागि डिमे बुधबार कारागार चलान भएका हुन् ।
 
 
काठमाडाैं बौद्धका ४० वर्षीय डिमेलाई सीआइबी इन्टरपोलले भारतीय इन्टरपोलको सहयोगमा सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी जिल्ला वन कार्यालय नुवाकोटलाई बुझाएको थियो ।
 
 
वन्यजन्तु तस्करी अभियोगमा तत्कालीन पुनरावेदन अदालतको २०७१ फागुन १२ को फैसलाले पाँच वर्षको कैद सजाय तोकिएकाले उनलाई कैद भुक्तानीको लागि कारागार पठाइएको जिल्ला वन अधिकृत पदमराज नेपालले जानकारी दिए ।
 
 
जिल्ला वन कार्यालयल नुवाकोटले २०७१ असार १३ गते डिमेलाई एक लाख रुपैयाँ जरिवाना सुनाएपछि सरकारी वकिलको कार्यालयले पुनरावेदन पुगेको थियो ।
 
वन कार्यालयको फैसला उल्टाउँदै डिमेलाई पुनरावेदन अदालत पाटन, ललितपुरले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार अवैध रुपमा आखेटोपहार ओसारपसार मुद्दामा पाँच वर्ष कैद सजायको फैसला सुनाएको थियो । 
 

विशेष