News

रेशम चाैधरीसहित कैदीबन्दीकाे जीवन रक्षा गर : मानवअधिकार अायाेग

रेशम चाैधरीसहित कैदीबन्दीकाे जीवन रक्षा गर : मानवअधिकार अायाेग

राष्ट्रिय मानवअधिकार अायाेगले कैलाली धनगढी कारागारमा रहेका २४ कैदीबन्दीकाे मागकाे सम्बाेधन गरी जीवनरक्षा गर्न अाग्रह गरेकाे छ ।

आयोगका सचिव वेद भट्टराईले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा विभिन्न मागहरू राखी आमरण अनशनमा बसेको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै मागको सम्बोधन गर्न आग्रह गरेको उल्लेख छ ।

आयोगका सदस्य प्रकाश शर्मा वस्तीसहितको टोलीले बुधबार अनुगमन गरी सो मागका बारेमा सम्बोधन गर्न सरकारलाई पत्राचारसमेत गरेको छ ।

आफ्ना माग पूरा गर्ने सन्दर्भमा आमरण अनशनजस्तो संवेदनशील बाटो नरोज्न एवं आमरण अनशन स्थगन गरी विरोधको अन्य बाटो अवलम्बन गर्न आयोगले अनशनरत पक्षलाई आग्रह गरेको छ ।

विशेष