राजनीति समाज भिडियो कभर स्टोरी

महिलाअधिकारवादी लिली थापा भन्छिन्ः म त समावेशीको पक्षमा छैन (भिडियो)

समावेशीलाई दुरुपयोग गरियो

महिलाअधिकारवादी लिली थापा भन्छिन्ः म त समावेशीको पक्षमा छैन (भिडियो)

काठमाडौं । मार्च ८ को दिन अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा विश्वभर मनाइयो । खासगरी महिला अधिकारकर्मीहरुले यस अवसरमा विभिन्न कार्यक्रम आयोजना गरे ।

 

नेपालको सन्दर्भमा महिला अधिकारका कुरा उठाउने थुप्रै गैरसरकारी संस्था छन् । श्रमिक महिला, एकल महिला, घरेलु बालिका लगायत विभिन्न क्षेत्रगत हिसावमा महिला अधिकारका कुरा उठ्दैआएका छन् ।

 

यद्यपि महिला संघर्षको लामो श्रृंखला सकिएको छैन । पछिल्लो समय भने केही परिवर्तन अवस्य भएको ठानिएको छ । महिलाको साक्षरता, शिक्षामा महिलाको पहुँच जस्ता केही महत्वपूर्ण पाटोमा भने परिवर्तन भएको हो ।

 

यो परिवर्तनको जश गैरसरकारी संस्थालाई दिनुपर्ने बताउँछिन् महिला अधिकारकर्मी लिली थापा । सन् १९९५ पछि गैरसरकारी संस्था र स्थानीय महिला समुहहरुको सक्रियताकै कारण महिलाका कुरा अचेल सम्वोधन हुन थालेको उनको विश्वास छ ।

 

दुई दशकदेखि एकल महिलाका कुरा उठाउँदैआएकी थापा पछिल्लो समय संकल्प नेपालको अध्यक्ष हुन् । एकल महिलाका कुरामा मात्रै केन्द्रित हुँदा कतिपय महिलाका साझा समस्या ओझेलमा पर्नसक्ने भन्दै संकल्प नेपाल उनकै अगुवाइमा सुरु भएको हो ।

 

महिला दिवसको सन्दर्भमा लिली थापासँग हामीले अन्तरवार्ता गरेका छौँ । पछिल्लो समय महिलाको अवस्था कस्तो छ ? अन्तर्राष्ट्रिय समुदायमा नेपाली महिलाको कस्तो पहुँच र उपस्थिति छ ? तल्लो तहका महिलाका कुरा कसरी सम्बोधन गर्ने ? जस्ता विषयमा यहाँ बहस भएको छ ।

 

लिली थापा

विशेष