News

कानुन मिच्नेलार्इ ठाउँकाे ठाउँ कारबाही गर्छु : प्रदेश ५ कानुनमन्त्री केसी

कानुन मिच्नेलार्इ ठाउँकाे ठाउँ कारबाही गर्छु : प्रदेश ५ कानुनमन्त्री केसी

२५ फागुन, बुटवल । प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन (गृह) मन्त्री कुलप्रसाद केसीले ‘अन द स्पट कारबाही’ अभियान शुरु गरेका छन् ।

अवैध तस्करी र कालोबजारी रोक्न यो अभियान थालिएको मन्त्री केसीले बताए । ‘अभियान तत्काल थाल्न निर्देशन दिएको छु, अवैध काम अब सबै ठेगान लाग्नेछ’ उनले भने ।

 

प्रदेश ५ का धेरै स्थान सीमानाकासँग जोडिएको र सीमामा तस्करी तथा अवैध रुपमा नदीजन्य वस्तुहरु निकासी भइरहेको भन्दै उनले कारवाही अभियान चलाउन प्रदेश ५ का एसएसपी दीपक थापालाई कडा निर्देशन दिएका हुन् ।

 

परासीको तिलकाना जोडेनी खोला, तुरिया खोला, भूमहि पानबारलगायतका क्षेत्रमा नियमित अवैध तस्करी भइरहेको गुनासो आएको मन्त्री केसीले बताए ।

विशेष