News

ताेकिएकाे समयमा गुणस्तरीय काम नगर्नेलार्इ छाडिन्न : प्रधानमन्त्री अाेली

ताेकिएकाे समयमा गुणस्तरीय काम नगर्नेलार्इ छाडिन्न : प्रधानमन्त्री अाेली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासमा समर्पित हुन सबैलाई आह्वान गर्दै तोकिएकै समयभित्र काम सम्पन्न नगर्ने निकायमाथि कडा कारबाही हुने चेतावनी दिएका छन् ।

 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल सर्जिकल भवनको शुक्रबार शिलान्याश गर्दै उनले तोकिएकै सयमसिमाभित्र गुणस्तरीय काम गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले प्रतिष्ठानले समयभित्रै काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेकाले आफू सर्जिकल भवनको शिलान्याश गर्न आएको पनि स्पष्ट पारे ।

उनले, ‘अबको नेपाल गतिशील नेपाल’ भन्दै त्यसमा आलटाल गर्ने छुट कसैलाई नहुनेतर्फ समेत सचेत गराए । प्रधानमन्त्री ओलीले देश बनाउन आफूले कडाभन्दा कडा कदम चाल्ने घोषणा गरे । उनले सरकारले सबै निकायले काम गरे, नगरेको कडा निगरानी राख्ने पनि बताए ।

 

सरकारले काम गर्नेलाई मात्रै सम्मान गर्ने नीति लिने प्रधानमन्त्री ओलीको भनाइ छ । उनले आफू भ्रष्टाचार नगर्ने र कसैले गरे सह्य नहुने चेतावनी पनि दिए ।

प्रधानमन्त्री ओलीले मुलुकको स्वास्थ्य क्षेत्रको सुधारका लागि आवश्यक सबै खालको सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

 

विशेष