News

ओलीले उपराष्ट्रपतिको ‘अफर’ गरेपछि देउवाले पनि गरे ठाकुरलाई फोन

ओलीले उपराष्ट्रपतिको ‘अफर’ गरेपछि देउवाले पनि गरे ठाकुरलाई फोन

काठमाडौं । राजपा नेपालका संयोजक महन्थ ठाकुरलाई काँग्रेस सभापति शेरबहादुर देउवाले सहकार्यका लागि आग्रह गरेका छन् । काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री देउवाले आफ्नो पार्टीको राष्ट्रपति उम्मेदवार लक्ष्मी राईलाई सहयोग गर्न आग्रह गरेका छन् ।

 

सोही क्रममा उनले हिजो विहिवार राष्ट्रिय जनता पार्टी नेपालका संयोजक ठाकुरलाई फोन गरि आफ्नो दलको राष्ट्रपति उम्मेदवार राईलाई सहयोग गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले उपराष्ट्रपतिका लागि अफर गरेको २४ घण्टा नवित्दै देउवाले ठाकुरलाई फोन गरेका हुन् ।

 

विगतमा दुई दलको बीचमा भएको सहकार्यलाई निरन्तरता दिन देउवाले गरेको आग्रह संयोजक ठाकुरले बताएका छन् । राजपा स्रोतका अनुसार फोनमा ठाकुरले देउवालाई भनेका छन्, ‘दुई नम्बर प्रदेशमा तपाईंहरुले नै सहकार्य तोड्नु भएको छ । अनि अब पुनः कसरी सहकार्य हुन्छ । यस विषयमा पार्टीमा छलफल नगरि केही भन्न सकिदैन ।

 

फोनमा देउवाले दुई नम्बर प्रदेशमा सहकार्य नटुटेको बताएका थिए । संसदका लागि बलियो प्रतिपक्ष चाहिन्छ भनेर प्रतिपक्षमा बसेको देउवाले प्रतिकृया दिएको स्रोतको भनाई छ । प्रदेश दुईमा संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालको संयुक्त सरकार बनेको छ । सो सरकारलाई बामगठबन्धनले सघाएको छ ।

 

विश्वासको मत लिने क्रममा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेससँगभन्दा पहिले एमाले र माओवादी केन्द्रका नेताहरुसँग जनकपुरमा छलफल गरेका थिए ।

 

हुन त त्यसअघि नै विश्वासको मत दिनका लागि मुख्यमन्त्री लालबाबु राउतले काँग्रेसलाई पत्र पठाएको थियो ।पत्र पठाएपनि छलफल नभएपछि काँग्रेस प्रतिपक्षमा बसेको थियो । राजपा नेपालले एमालेका राष्ट्रपति विद्यादेवी भण्डारीलाई सघाउने निर्णय गरिसकेको छ ।

विशेष