राष्ट्रिय गौरवका आयोजना कछुवा गतिमा, विकास खर्च निराशाजनक
काठमाडौं । राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनको अवस्था अत्यन्तै नाजुक बन्दा चालू आर्थिक वर्षको समग्र बजेटरी खर्च निराशाजनक देखिएको छ ।
सरकारी लक्ष्यअनुसार बजेटरी खर्च हुन नसकेको चौतर्फी आलोचना भइरहेका बेला तीनवटा राष्ट्रिय गौरवका आयोजनाको बजेट एक रुपैयाँ पनि खर्च नगरेको पाइएको छ ।
सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको सूचीमा समावेश गरेकामध्ये पशुपति विकास कोष, पोखरा विमानस्थल र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढले चालु आर्थिक वर्षमा एक रुपैयाँ पनि खर्च गरेको छैनन्।
यी आयोजनाका लागि क्रमश: ४४ करोड ४१ लाख, पाँच अर्ब र एक अर्ब ५० करोड रुपैयाँ विनियोजन भएको थियो ।
अर्थ मन्त्रालयको तथ्यांकअनुसार ठूला आयोजनाले चालू आर्थिक वर्षको आधा अवधि सकिँदा कुल विनियोजन गरेको बजेटको जम्मा १८ दशमलव ९२ प्रतिशत मात्रै खर्च गरेका छन् । याे खबर अाजकाे राजधानी दैनिकमा छ ।