विदेश

उत्तर काेरिया र अमेरिकाबीच भेटवार्ता हुने

उत्तर काेरिया र अमेरिकाबीच भेटवार्ता हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाका नेता किम जोङ उनसँग वार्ताका लागि तयार भएका छन् । 

 

दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ इयू योङले ह्वाइटहाउसमा भने, ‘ मेमा राष्ट्रपति ट्रम्पले किम जोङ उनलाई भेट्नु हुनेछ ।’चुङले किम जोङ उनले भविष्यमा परमाणु बम तथा मिसाइलको परीक्षणसमेत नगर्ने आश्वासन दिएको बताए । 

 

यो अप्रत्याशित घोषणा दक्षिण कोरियाली प्रतिनिधिमण्डलले उत्तर कोरियाली नेतासँग गरेको कुराकानीपछि आएको हो ।

 

एउटा प्रेस कन्फेरेन्समा दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङले भने, ‘हामीले राष्ट्रपति ट्रम्पलाई भन्यौँ कि भेटघाटको समयमा किम जोङ उन निसश्त्रीकरणका लागि प्रतिबद्ध हुनुहुन्छ । राष्ट्रपति ट्रम्पले त्यसपछि मेमा किमसँग भेटेर स्थायी रुपमा नै निसश्त्रीकरण हासिल गर्न चाहेको बताउनुभयो ।’

 

अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प अाफैंले पनि भेटका बारेमा ट्वीटरमार्फत पुष्टि गरेका छन् । तर उनले अमेरिकाले लगाएकाे अार्थिक नाकाबन्दी भने कायम नै रहने बताए । उनले अाधिकारिक सम्झाैता नभएसम्म अमेेरिकी नाकाबन्दी कायम नै रहने दाेहाेर्‍याएका छन् । 

 

उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धमा शीतकालीन ओलम्पिकपछि सुधार आएको छ ।

विशेष