नयाँ बानेश्वर चाेकमा माेटरसाइकल दुर्घटना ३ जना घाइते
नयाँ बानेश्वर चाेकमा गएराति सवा १ बजे एउटै माेटरसाइकलमा सवार तीन जना घाइते भएका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बा८९प ८८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ट्राफिक आईल्याण्डमा ठोकिँदा चालक ललितपुरको च्यासल बस्ने रामेछापका २७ बर्षीय सरोज लामा घाइते भएका हुन् ।
उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको महाशाखाले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका अनुसार चालकले मदिरा पिएर सवारी साधन चलाउँदा दुर्घटना भएको हो । तीनजना सवार उक्त मोटरसाइकल आईल्याण्डमा ठोक्किएको थियो ।
दुर्घटनापश्चात् मोटरसाइकलमा पछाडी सवार एकजना फरार रहेको र अर्का एकजनालाई भने प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।