News प्रदेश ५

गाउँ गएकाे अधिकार अब सिंहदरबार फर्किदैन : मुख्यमन्त्री पाेखरेल

गाउँ गएकाे अधिकार अब सिंहदरबार फर्किदैन : मुख्यमन्त्री पाेखरेल

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले गाउँमा गएको सिंहदरबारको अधिकार गाउँमै रहने बताएका छन् । हिजो बर्दियाकाे गुलरियामा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले बर्दियाको राष्ट्रिय गौरवको योजना भेरी डाइभर्सन बनाएर कृषिमा आधुनिकीकरण गरिने बताए । 

 

मुख्यमन्त्रीले प्रदेश सरकारले हुलाकी सडक चार लेनको बनाउने पहल गरिरहेको बताए । उनले जनतालाई प्रभावकारी सेवा दिन जनप्रतिनिधिलाई अनुरोध गरे । 

 

कार्यक्रममा संघीय सांसद सञ्जय गौतम, प्रदेश ५ का उपसभामुख थारू, प्रदेश सांसद दीपेश थारु तथा अन्य सांसद आठ वटै तहका स्थानीय प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, जिल्लास्तरीय सरोकारवाला अन्य निकायलगायतको सहभागिता थियो । 
––– 

विशेष