News शेयर

रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युतकाे साधारण शेयर (आइपिओ) आज बाँडफाँट हुँदै

रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युतकाे साधारण शेयर (आइपिओ) आज बाँडफाँट हुँदै

काठमाडाैं । रसुवागढी कम्पनीले आइतबार कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र संस्थापक लगानीकर्ता संस्थाका कर्मचारीलाई साधारण शेयर एकै पटक बाँडफाँट गर्ने बताएकाे छ । दुवै कम्पनीले पहिलो चरणमा सञ्चय कोषका सञ्चयकर्ता र दोस्रो चरणमा संस्थापक लगानीकर्ता समूहका कर्मचारीलाई शेयर बिक्री गरेका थिए ।

 

दुवै कम्पनीमा सञ्चयकर्ताका लागि रु दुई अर्ब चार करोड ५९ लाख ५९ हजार ५०० बराबरको दुई करोड चार लाख ५९ हजार ५९५ कित्ता शेयर छुट्याइएकोमा आवेदनबाट रु ११ अर्ब संकलन भएको छ ।

 

रसुवागढीमा एक लाख ८८ हजार र साञ्जेनमा एक लाख ८३ हजार सञ्चयकर्ताले आवेदन दिएका थिए । रसुवागढी १११ मेगावाट क्षमताको आयोजना हो ।

 

आइपिओमा परेको आवेदनको आधारमा सञ्चयकर्ताले न्यूनतम ३० र अधिकतम ४० कित्ता पाउने सेयर पाउने भएका छन् । संस्थापक नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी र स्थानीय संघ–संस्था र ऋणदाता कोषका कर्मचारीले औसत १ सय ५० कित्ता पाउनेछन् ।

विशेष