News अपराध सुरक्षा

घर जाउँ भन्दा नमानेपछि पत्नीको हत्या

घर जाउँ भन्दा नमानेपछि पत्नीको हत्या

काठमाडाैं । घर जान नमानेको निहुँमा नुवाकोट बेलकोटका प्रकाश तामाङले पत्नी नमुनाको हत्या गरेका छन् । उनले पत्नीलाई छुरा रोपेर हत्या गरेका हुन् ।

 

दिदीको घरमा एक महिनादेखि बस्दै आएकी नमुनालाई लिन प्रकाश गत शुक्रबार काठमाडौंको नैकाप गएका थिए ।

 

प्रकाशले आमाबुवा बिरामी हुनुहुन्छ घर जाउँ भन्दा नमानेपछि छुरी हानेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


छुरा प्रहारपछि भागेका प्रकाश धादिङगोगनपानीमा लुकेर बसेका उनलाई महानगरीय प्रहरी अपराध शाखाले पक्राउ गरेको हो ।

 

मृतक नमुनाका तीन बर्से छोरा छन् । प्रकाश र नमुनाबीच केही समयदेखि खटपट चलेको र सम्बन्धविच्छेदको समेत कुरा बाहिर आएको थियो । सोही निहुँमा प्रकाशले गत वर्ष विषसमेत सेवन गरेक थिए ।  
 

विशेष