विदेश

भ्रष्टाचार आरोपमा पूर्वराष्ट्रपति जेल जाने लहर

भ्रष्टाचार आरोपमा पूर्वराष्ट्रपति जेल जाने लहर

काठमाडाैं । भ्रष्टाचार अभियोग प्रमाणित भएपछि दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क ग्युन–हाय हत्कडीसहित जेल गएकी छिन् । उनलाई २४ वर्षको जेल सजाय सुनाइएको छ ।

 

भ्रष्टाचारको आरोप लागेका दक्षिण कोरियाका पूर्वराष्ट्रपति जाकोब जुमा अदालत पुगेका छन् । जुमामाथिको मुद्दामा सुनुवाइ थालिएको छ । दक्षिण अमेरिकी देश ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासिओ लुला डा सिल्भामाथिको भ्रष्टाचारको अभियोग साबित भएको छ ।

 

उनलाई १२ वर्ष जेल सजाय तोकिएको छ । यी पूर्वराष्ट्रपतिलाई कानुनको दायराभित्र राखिएको तथ्यले कानुनीराज भएको देशमा कानुनभन्दा माथि कोही छैन भन्ने यथार्थलाई स्थापित गरेको छ ।

 

कानुनले कसैलाई काखा कैसैलाई पाखा गर्दैन भन्ने वास्तविकता यी तीन राष्ट्रको प्रकरणले स्पस्ट पारेको छ ।,

पार्क ग्युन–हाय

विशेष