News समाज प्रदेश ३

भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सुरु

भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सुरु

भक्तपुर । भक्तपुरको प्रसिद्ध साँस्कृतिक एवं ऐतिहासिक महत्वको बिस्केट जात्रा अाजबाट सुरू भएकाे छ । जात्रा नौ दिन आठ रातसम्म मनाइने गरिन्छ । 

 

नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भई नयाँ वर्षको पाँचदिन पछिसम्म सञ्चालन हुने बिस्केट जात्रा भक्तपुरका बासिन्दाले धुमधामका साथ मनाउने गर्छन् । 

 

जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो। यसरी तानातान गर्ने क्रममा थनेतर्फ पहिला तानेर लानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः टौमढी हुँदै क्वनेतर्फको टेखापुखुसम्म ल्याएर त्यहाँबाट पनि फर्काएर गःहिटीमा रथ पुर्‍याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुन्छ।

 

त्यसैगरी पहिले क्वनेतर्फ तानेर लानसके टेखापुखुसम्म ल्याउने र त्यहाँबाट पुनः टौमढी हुँदै दत्तात्रेय पुर्‍याएर त्यहाँबाट फर्काई गःहिटीमा रथ पुर्‍याउने चलन छ। बिस्केट जात्राको पहिलो दिन अाज भैरवनाथ र भद्रकालीको रथ तान्ने काम गरिन्छ ।

 

आठौं दिन वैशाख ४ गते 'द्य स्वंग व्य्यु' जात्रा हुन्छ । यो दिन भक्तपुरबासीले परम्परागत भेषभूषामा सजिएर बाजागाजासहित नगरका ६० भन्दा बढी देवी देवतालाई गच्छेअनुसारका पकवान, मिठाइ, फलफूल, पैसा चढाउने गर्छन्। 


तल्लो टोल र माथिल्लो टोलका बासिन्दाले रथलाई आ–आफ्नो टोलमा लैजाँदा ढुङ्गा हानाहान भई अप्रिय घटनासमेत घट्ने गर्दछ । कुनै अप्रिय घटना नदिन यसवर्ष एक हजार ३०० भन्दा बढी सुरक्षाकर्मी तैनाथ छन् । 


 

बिस्केट जात्रा

विशेष