विदेश

राष्ट्रपति ट्रम्पका वकिलको कार्यालयमा एफबीआईको छापा

राष्ट्रपति ट्रम्पका वकिलको कार्यालयमा एफबीआईको छापा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वकिलको कार्यालयमा संघीय जाँच आयोग (एफबीआई) ले छापा मारेको छ ।


ट्रम्पका लामो समयदेखिका वकिल तथा व्यवसायिक सहयोगी कोहेनको न्युर्योकमा रहेको कार्यालयमा सोमबार एफबीआईले छापा मारेर कोहेन र उनका क्लाइन्टबीच भएको विशेष कुराकानी जफत गरेको छ । 

 

सन् २०१६ को राष्ट्रपति चुनावमा रुसी दखलका बारेमा अनुसन्धान गरिरहेका विशेष काउन्सिल रोबर्ट म्युलरको निर्देशनमा एफबीआईले कोहेनको कार्यालयमा छापा मारेको हो ।

 

यस्तै ट्रम्पको यौन सम्बन्ध रहेको भनिएकी वयश्क चलचित्रकी अभिनेत्री स्ट्रोमी ड्यानियल्सलाई यसबारेमा चुप रहनका लागि रकम प्रदान गर्न भएको प्रक्रियाको कागजात पनि जफत भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । 

 

राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना वकिलको व्यक्तिगत कार्यालयमा एफबीआईले गरेको छापाको आलोचना गरेका छन् । एफबीआईको काम अपमान पूर्ण र देशमाथिकै आक्रमण रहेको भन्दै राष्ट्रपति ट्रम्पले आलोचना गरेका हुन् ।

 

 ह्वाइट हाउस रिपोर्टससँग राष्ट्रपति ट्रम्पले एफबीआईको काम ‘विच हण्ट’ नरहेको बताए ।

डोनाल्ड ट्रम्प एफबीआई छापा

विशेष