News देश

यातायात व्यवस्था कार्यालयले चन्द्रागिरिमा पनि सुरु गर्‍यो निःशुल्क ट्रायल

यातायात व्यवस्था कार्यालयले चन्द्रागिरिमा पनि सुरु गर्‍यो निःशुल्क ट्रायल

काठमाडौँ । यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङले चालक अनुमतिपत्र (लाइसेन्स) वितरणका लागि निःशुल्क ट्रायल सेवा मंगलबारबाट चन्द्रागिरिमा पनि सुरु गरेको छ ।

 

राजधानीको पश्चिम भेगमा रहेको नेपालकै ठूलो भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि गुर्जुधारामा ठूलो भर्‍याङले मंगलबारबाट निःशुल्क ट्रायल सेवा सुरू गरेको हो ।

 

लाइसेन्स वितरणका लागि ट्रायल परीक्षा लिँदा शुल्क लिने व्यवस्था गरिएकोमा सर्वाेच्च अदालतमा मुद्दा परी निःशुल्क सेवा दिन आदेश भएपछि उपत्यकाका तीन कार्यालयले निःशुल्क ट्रायल सेवा सुरु गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।

 


निःशुल्क ट्रायल सेवा सुरु गरेका कार्यालयमा सुकेधारा, ठूलो भर्‍याङ र भक्तपुरस्थित सल्लाघारी रहेको विभागले जनाएको छ ।

 


एकान्तकुनामा रहेको सुजुकी सेन्टरमा बाहेक तीन स्थानमा निःशुल्क ट्रायल सञ्चालन आएका हुन ।

निःशुल्क यातायात व्यवस्था कार्यालय ट्रायल सेवा

विशेष