अवतरणकाे क्रममा पाङ्ग्रा 'लक' भएपछि रनवेमै राेकियाे यति एअर, पाेखरा विमानस्थल बन्द
पोखरा । यती एयरलाइन्सको ९ एनएएचए कल साइनको जहाजको पोखरामा अवतरणको क्रममा अगाडिको चक्का लक भएपछि धावन मार्गमै रोकिएको छ ।
काठमाडौंबाट २८ यात्रु बोकी पोखरा पुगेको उक्त जहाज पांग्रा लक भएर धावनमार्गको बीचमा अड्किए पनि सबै यात्रुसहित चालक दलका सदस्यहरु सुरक्षित रहेको बताइएको छ । पोखरा विमानस्थल हाललाई बन्द गरिएको छ ।
गत चैत ४ गते पनि यतीकै विमानको भैरहवा विमानस्थलमा अवतरणको क्रममा पांग्रा लक भएर धावनमार्गमै रोकिएको थियो ।
पोखरा विमानस्थलमा रहेका प्राविधिकको टोलीले विमान मर्मतको प्रयास गरिरहेका छन् ।
पाेखरा विमानस्थल यती एयरलाइन्स अवतरण