News विचित्र विश्व

संसारकै दुर्लभ कुखुरा, जसको मूल्य २ लाख रुपैँया पर्छ

संसारकै दुर्लभ कुखुरा, जसको मूल्य २ लाख रुपैँया पर्छ

एजेन्सी । जनावरहरु पनि यस्ता हुन्छन् जसले पूरै दनियाँको मानिसलाई आश्चर्यमा पारिरहेका हुन्छन् । कुनै जनावरलाई भगवानकाे रुपमा पूजा गर्ने गरिन्छ । अलग अलग रुप र रङ्गमा जनावरहरुको प्रजाति पनि फरक पाइन्छ ।

 

तपाईले विभिन्न रङ र प्रजातिका कुखुरा त देख्नुभएकै होला त्यसमा एक प्रजाति हुन्छ जसको रङ कालो हुन्छ । यस प्रजातिको कुखुराको संख्या एकदमै कम पाइन्छ । जसले यो कुखुरालाई देख्छ त्यो मानिस मोहित नभई बस्नै सक्दैन ।

 

यो जातको कुखुरा निकै लामो समयसम्म बाँच्न सक्छन् । तर यो प्रजातिको कुखुराको जसरी किनबेच भइरहेको छ जसको परिणाम यो कुखुराको संख्या निकट भविष्यमै लोप हुने देखिन्छ ।

 

यो कुखुराको विशेष कुरा के हो भने यसको शरीरको हरेक अंङग कालो रङ्गको हुन्छ । यतिसम्म कि यसको रगत पनि कालो रङको नै हुन्छ । यसको मासु, हड्डी, छाला र आखाँ पनि कालो नै हुन्छ । यसको मूल्य २ लाख रुपैयाँ पर्छ ।

दुर्लभ कुखुरा

विशेष