News विदेश

अर्मेनियाका प्रधानमन्त्रीद्वारा राजीनामा

अर्मेनियाका प्रधानमन्त्रीद्वारा राजीनामा

अर्मेनियाका प्रधानमन्त्री करेन कारापेट्यानले सोमबार पदबाट राजीनामा दिएका छन् ।  उनको राजीनामा राष्ट्रपति अर्मेन सार्कस्यानले बुझ्नुभएको अर्मेन प्रेस समाचार संस्थाले सम्प्रेषण गरेको समाचारमा जनाएको छ । 

 

अर्मेनियाको संविधानका अनुसार नयाँ राष्ट्रपतिको चयनसँगै बहालवाला प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ र संसद्ले नयाँ प्रधानमन्त्री चयन गर्नुपर्छ । त्यसपछि प्रधानमन्त्रीले नयाँ सरकार गठन गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । 

 

नयाँ मन्त्रिपरिषद् गठन नहुँदासम्म पुराना मन्त्रीहरु नै मन्त्रिपरिषद्को सदस्यका रुपमा कायमै रहने जनाइएको छ ।  अर्मेनियामा बहालवाला प्रधानमन्त्रीले राजीनामा दिएसँगै नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया शुरु भएको छ । यही अप्रिल १७ तारिखका दिन अर्मेनियाले नयाँ प्रधानमन्त्री पाउने अधिकारीहरुले बताएका छन् । 

 

संसद्ले नयाँ प्रधानमन्त्री चयन गरेपछि त्यसको १५ दिनमा मन्त्रिपरिषद् गठन गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ ।  अहिलेका राष्ट्रपति सार्कस्यान गत मार्च २ तारिखका दिन संसद्बाट अत्यधिक मतका साथ निर्वाचित भएका हुन् । 

 

करिब ३० प्रतिशत अर्मेनियाली जनता सरकारले निर्धारण गरेको गरिबीको रेखामुनि रहेको एसियाली विकास बैंकले जानकारी दिएको छ । एजेन्सी  
 
 

प्रधानमन्त्री राजीनामा अर्मेनिया

विशेष