राजनीति भिडियो कभर स्टोरी

विप्लवलाई कम्युनिष्ट नेताको आग्रहः चन्दा उठाएर क्रान्ति हुँदैन, आउनुस् एकता गरौँ  (भिडियाे)

हाम्रो प्रधान शत्रु प्रचण्ड–केपी

विप्लवलाई कम्युनिष्ट नेताको आग्रहः चन्दा उठाएर क्रान्ति हुँदैन, आउनुस् एकता गरौँ  (भिडियाे)

काठमाडौं । नेपालमा कम्युनिष्ट पार्टीहरु बादलमा रुमल्लिएका झैँ देखिन्छन् । कम्युनिष्ट नेताहरु क्रान्तिको कुरा त गर्छन् उनीहरुसँग प्रष्ट खाका छैन ।

 

१० वर्षे युद्धबाट आएको माओवादी पार्टी फुटेर अहिले विभिन्न समूह बनेका छन् । शान्ति प्रक्रियासँगै उनीहरु आआफ्नै समूह बनाएर पार्टी संचालन गर्दैआएका छन् ।

 

मोहन बैद्य किरण, नेत्रविक्रम चन्द विप्लव लगायत नेताहरु पुष्पकमल दाहाल प्रचण्ड प्रतिक्रियावादीको गोटी बनेको भन्दै अझै क्रान्ति आवस्यक रहेको बताउँदैआएका छन् ।

त्यसो त, सुरुमा अलग भएका मोहन बैद्यलाई पनि आरोप लगाउँदै विप्लव एक्लिए । अहिले विप्लव नेतृत्वको पार्टी गाउँ गाउँमा सथानीय तहका प्रतिनिधिहरुलाई राजिनामा दिन दबाब दिन थालेको छ ।

 

बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेताहरु भने निस्क्रिय छन् । यद्यपि उनीहरुबीच एकताको गुन्जासय छ । उनै मोहन बैद्य नेतृत्वको पार्टी नेकपा क्रान्तिकारी माओवादीका नेता तथा माक्र्सवादी लेखक हस्त केसीसँग नेपालआजले यसपटक बहस गरेको छ ।

 

कुनै बेला सँगै रहेका नेताहरु कार्यदिशा अलग भएको भन्दै अलग भएपछि नेपालको कम्युनिष्ट राजनीतिमा कस्तो प्रभाव पार्छ ? कम्युनिष्ट आन्दोलनको गति किन मधुरो भयो ? भन्ने जस्ता विषयमा बहस केन्द्रित छ ।

 

केसीले भने कम्युनिष्ट पार्टीको नेता मोहन बैद्य नै रहेको दाबी गरे । उनका अनुसार विप्लवको संगठन सक्रिय देखिए पनि कार्यदिशा गलत भएको आरोप लगाएका छन् ।

 

साथै सहर विद्रोह गर्दै जनताको बलबाट क्रान्ति गर्ने आफूहरुको कार्यदिशा रहेकोले विप्लव लगायत शक्ति पनि आफ्नो कार्यदिशामा आउनुपर्ने उनको सुझाव थियो ।

 

यसबाहेक प्रचण्ड र केपी ओली लगायत नेताहरु प्रतिक्रियावादीहरुको नोकर बनेको भन्दै उनीहरुविरुद्ध नै युद्ध हुने उनको चेतावनी छ ।

विप्लव हस्त केसी क्रान्तिकारी माओवादी

विशेष