News मनोरञ्जन

बीच सडकमै यसरी कपडा उतारिन् यी अभिनेत्रीले

बीच सडकमै यसरी कपडा उतारिन् यी अभिनेत्रीले

 एजेन्सी । साउथकी एक अभिनेत्रीले सबैको अगाडि बीच सडकमै आफ्नो कपडा खालेर नाङिगएकी छिन् । अभिनेत्री श्रीरेड्डी मल्लिडीले सार्वजनिक स्थलमै कपडा उतारेकी हुन् ।

 

अघिल्लो हप्ता चलचित्र क्षेत्रमा हुने यौन उत्पीडनको विरोधमा उनले हैदराबादको फिल्म नगरमा मुभी आर्टिस्ट एशोसियसनको कार्यालय अगाडि कडपा उतारेकी हुन् ।

 

महिलाहरूको बाध्यता देखाउन र सरकारलाई आफ्नो मागप्रति उत्तरदायी बनाउनका लागि आफूले यो विकल्प रोज्न बाध्य भएको उनले बताएकी छिन्। जब फिल्मी दुनियाँका हस्तीहरू नै मलाई मेरो नग्न तस्वीर भिडियो पठाउ भन्छन् भने मैले सार्वजनिक रुपमै कपडा किन नउतारु उनले प्रश्न गर्दै भनेकी छिन्।

 

उनले अगाडि भनेकी छिन्, आफ्नो लडाईमा म बेसहारा (एक्लै) छु। किनकी मेरो पीडा कसैले देखिरहेको छैन्। जसका कारण मैले यति ठूलो कदम उठाउनुपर्यो र मैलै सार्वजनिक रुपमा कपडा उतारे।

 

टेलिभिजन च्यानलमा उद्घोषिकाबाट करियर सुरु गरेकी श्रीरेड्डी ५ वर्षपछि फिल्मी उद्योगमा आएकी थिइन्। उनले केही तेलगू फिल्ममा स-साना रोल गरेकी छिन्।

 

उद्योगमा स्थापित हुन संघर्षरत रहेका बेला उनलाई फिल्ममा राम्रो अवसरका लागि निर्माता निर्देशकले यौन प्रस्ताव गरेपछि उनले आफ्नो पीडा कपडा खोलेर पोखेकी हुन्। यो घटना पछि उनी निकै चर्चामा आएकी छन्।

अभिनेत्री नाङिगए

विशेष