डोकलाम विवादका कारण भारत र चीनको ‘स्यान्डवीच’ बन्यो भुटान
काठमाडाैं । सुन्दर पहाडहरू र बौद्ध मठहरूका मनोरम दृश्यले भरिएको भुटान पर्यटकको नजरमा एकपटक अवश्य पर्नेछ । केहीले भुटानका सबै ठाँउ हरेक चिजले फरफेक्ट रहेको बताउँछन् ।
ठूला शहरमा जो ट्राफिक जामको समस्या र प्रदुषणबाट हैरान भएको छ, उसलाई थिप्पु उपयुक्त ठाँउ हो । ताजा हावा, हरियाली पहाडले आँखालाई शान्ति मिल्छ । महिला, पुरूष र बच्चालाई पारम्परिक पहिरनमा देखिन्छन् ।
के भुटानमा सबैकुरा ठिक छ ?
भुटान सायद संसारको एकमात्रै देश हो, जहाँ ट्राफिक सिग्नल छैन् । ट्राफिक प्रहरीका जवान सडकमा हातको इशाराबाट गाडीको आवतजावतलाई नियन्त्रणमा राख्छन् । तर यस्तो पनि होइन, भुटानमा सबै कुरा ठिकठाक छ । गत बर्षबाट भुटान तनाव र एक किसिमको अनिश्चितामा फसेको छ । अझ भनौं चीन र भारतकोबीचमा भुटानको स्थिती एक ‘स्यान्डवीच’ जस्तो भएको छ ।
आठ लाख जनसंख्या भएको भुटानको आस–पास जब एशियाका ठूला दुई सैन्य तागत भएका देशले सैन्य गतिविधी सुरू गर्छन्, तब त्यहाँ बेचैनी बढ्छ । भारत र चीनको बीचको यो विवाद रणनीतिकरूपमा डोकलाम विवाद भएपछि भुटानमा चैन हराएको छ ।
डोकलामको मुद्दा
डोकलामको स्थिती भारत, भुटान र चीनको ट्राई–जक्शन जस्तो भएको छ । डोकलाम एक विवादीत पहाडी इलका हो । जसलाई चीन र भुटान दुवैले आफ्नो भएको दावी गर्छन् ।
डोकलाम आफ्नो भएको भुटानको दावीलाई भारतले समर्थन गर्छ । जून २०१७ मा जब चीनले यहाँ सडक निर्माण सुरू गर्यो, तब भारतीय सैनिकले त्यसलाई रोकिदिए । त्यहीबेला देखि दुवै पक्षबीच डोकलामलाई लिएर विवाद सुरू भएको थियो । चीन जुन जहाँ सडक निर्माण गर्न चाहान्छ, त्यसले सुरक्षा समिकरण विगार्ने भारतको तर्क छ ।
भारतलाई भविष्यमा संघर्षको अवस्था आएमा चिनियाँ सैनिकले डोकलामको सडक प्रयोग गरेर सिलिगुडी करिडोर कब्जा गर्ने डर छ । सिलिगुडी करिडोर भारतको नक्सामा कुखुराको घाँटी जस्तै छ । यसले पूर्वोत्तर भारतलाई बाँकी भारतसँग जोड्छ । केही विष्लेषकहरु यो डर काल्पनिक भएको बताउँछन् ।
भारत–चीन विवाद
सबै भुटानीलाई डोकलाम आफ्नो भूभाग भएको थाहा छैन् । धेरैलाई त यसको यसको अन्दाज समेत छैन । थिम्पुका पत्रकार नेगम जाम भन्छन्, ‘यो मुद्धा विवादास्पद हुनुभन्दा पहिला यो केही थाहा थिएन । धेरै भुटानीलाई डोकलाम कहाँ छ भन्ने थाहा छैन । चीन र भारतबीच यो मुद्धामा विवाद भएपछि मात्रै नागरिकस्तरमा चर्चा सुरू भएको हो ।’
चीन र भारतबीच केही महिना पहिले डोकलामलाई लिएर यस्तो हालत बनेको थियो, धेरै भुटानी दुई देशबीच युद्ध हुन सक्ने बताउँन थालेका थिए । चीनले भारतलाई धम्की दिँदै डोकलाममा भारतीय सैनिकको घुसपैठ भएको आरोप लगाएको थियो । हप्तौं चलेको कुटनीतिक कसरतपछि ७३ दिन चलेको यो विवाद सुल्झिएको थियो । र भारतले आफ्ना सैनिक फिर्ता बोलाएको थियो ।
भुटानमा भारतको असर
यद्यपी भुटान सरकारले डोकलाम विवादका विषयमा कुनै बहसमा सार्वजनिकरूपमा सहभागि हुन अस्विकार गरेको थियो । भुटानका तर्फबाट बाहिरिएको धारणामा भारत र चीनकोबीच भएको सहमतिको स्वागत गरिएको थियो ।
भुटानमा धेरै मानिसहरु यो घटनाले खतराको घन्टी बजाएको बताउँथे । सामाजिक संजालमा यसको गन्ध पाइन्थ्यो । भुटानी जनता चीनसँग सिमा विवाद सुल्झाउने यो सहि समय हो ? भनेर बहसमा उत्रिएका थिए । उनीहरुले भुटानलाई स्वतन्त्र विदेश नीति अपनाउन आग्रह समेत गरेका थिए । भुटानलाई भारतको असरबाट बाहिर निकाल्नु पर्ने धारणा समेत व्यक्त हुन्थे ।
भारतको आर्थिक सहयोग
पचासको दशकमा तिव्वतमाथि चीनले कब्जा गरेपछि भुटानको झुकाव भारत तर्फ बढेको थियो । यसका पछि दुई कारण थिए, मित्रता र सुरक्षा । त्यसपछि भुटान भारतको प्रभावमा रहँदै आएको छ । भारतले भुटानलाई आर्थिक, सैनिक र प्रविधीमा सहयोग गर्दै आएको छ । भारतको तर्फबाट अन्य देशलाई दिइने सहयोग सबैभन्दा बढी भुटानलाई दिइन्छ ।
पछिल्लो पाँच बर्षमा भारतले भुटानलाई ८० करोड अमेरिकी डलर सहयोग गरेको छ । भुटामा सयौं भारतीय सैनिक तैनाथ छन् । उनीहरुले भुटानी सैनिकलाई तालिम दिने गरेको बताइन्छ । भुटानको सैनिक हेडक्वाटर ‘हा’ सहरमा छ, जो डोकलाम देखि २० किलोमिटर टाढा छ ।
एकातर्फ दशर्कौ देखि भुटानलाई मिलिरहेको भारतीय सहयोका लागि मानिसहरु धन्यवाद व्यक्त गर्छन् । अर्को तर्फ नयाँ पुस्ता भुटानले आफ्नो विकास आफै गर्नुपर्ने बताउँछन् ।
राजनीतिक भविष्य
भुटानको विदेश नीतिमा भारतको सुरक्षा चिन्ताबारे ख्याल राखिएको छ । यसको कारण हो १९४९ मा भएको भारत–भुटान सम्झौता । यो सम्झौतालाई २००७ मा संशोधन गरिएको छ । भारतले आफ्नो प्रभावका कारण भुटानमा मनोमानी गरेको चर्चा थिम्पुमा चल्ने गरेको छ ।
राजनीतिक विश्लेषक गोपीलाल आचार्य भन्छन्, ‘एक लोकतान्त्रिक तरिकाले सोच्ने हो भने हामी जसरी परिपक्व हुन्छौं, र भारतको पन्जाबाट भुटानलाई बाहिर निकाल्न सक्छौं । भारतले यो सोच्न हुँदैन की भुटान उसको अधिनमा रहेको देश हो । भुटानको आफ्नो राजनीतिक भविष्य तय गर्ने स्वतन्त्रता हुनुपर्छ ।’
दुई शक्शिाली देश
भुटान र चीनकोबीचमा उत्तर र पश्चिमको क्षेत्रमा सिमा विवाद छ । भुटानलाई चीनसँग सिमा विवाद सुल्झाउने यही सही समय भएको बताइन्छ । विश्लेषक तेनजिम भन्छन्, ‘भुटानले चाँडो भन्दा चाँडो यो मुद्धाका बारेमा चीनसँग छलफल गर्नुपर्छ र निकास निकाल्न पर्छ । त्यसपछि हामी कुटनीतिक दृष्टीबाट अघि बढ्न सक्नेछौं । यसो गर्न नसकिए डोकलाम विवाद फेरी निम्तने छ । दुई शक्तिशाली देशकाबीचको झगडा समान्य ढंगले समधान हुन सक्दैन ।’
भुटानीहरु भारत संयम भएर चीनसँग झगडा हुनबाट बच्नुपर्ने बताउँछन् । भारतको रवैयाका कारण भुटानलाई चीनसँग आफ्नो विवाद समधान गर्न समस्या आउने उनीहरुको भनाई छ ।
नेपालको उदाहरण
नेपाल, श्रीलंका, मालदिव, बंगलादेश जस्ता दक्षिण् एशियाली देशमा चीनलाई सडक बनाउन रोक्ने काम भारतले गरिरहेको छ । दक्षिण एशियामा भुटामात्र यस्तो देश हो, जसको चीनसँग कुटनीतिक सम्बन्ध छैन । भारतले भुटानका प्राकृतिक साधनको अुचित ढंगले दोहन गरेको बताइन्छ ।
नयाँ दिल्लीको ‘ठूल दाजु’ प्रवृत्तिका कारण मानिसहरु चीनसँग व्यापारिक सम्बन्ध बनाउनुपर्ने धारणा राख्छन् । उनीहरु नेपाल तर्फ इशारा गर्दै भन्छन्, ‘नेपाल भारतसँगको सम्बन्धमा अक्सर चिनियाँ कार्ड खेलिरहन्छ । जुन भुटानले पनि गर्नुपर्छ ।’
बराबरीको सम्बन्ध
‘हाम्रो भविष्यका लागि भारतको सहयोग छ । तर हामीले यस्तो नयाँ सम्बन्ध बनाउन आवश्यक छ, जो भुटान र भारत बराबरीको हैसियतमा होस्,’ गोपीलाल आचार्य भन्छन् ।
भुटान भलै एक सानो पहाडी देश हो तर, उसको आफ्नै रणनीतिक महत्व छ । भुटान भारत र चीनको दश्मनीको शिकार बन्न चाहाँदैन ।
बीबीसी
भुटान डोकलाम विवाद भारत र चीन