News समाज

विवाह गर्ने उमेरमै सम्बन्धविच्छेद !

विवाह गर्ने उमेरमै सम्बन्धविच्छेद !

काठमाडौं । निशा चेपाङ १८ बर्षमा टेकिन । तीन छोराछोरीकी आमा उनलाई छाडेर पति सन्चालले दोस्रो विवाह गरे ।

 

उनी कान्छी लगेर राक्सिङराङ गाउँपालिका ७ धिराङको खोरिया फाँडेर बसेका छन् ।  १३ बर्ष पुग्न एक महिना बाँकी हुँदै निशाको सन्चलालसँग विवहा भएको थियो । बाबुआमाले मन्जुरीमै मागी विवाह गरिदिएका थिए । 

 

निशासँग अहिले ९ महिनादेखि चार बर्षसम्मका एक छोरा र दुई छोरी छन् । घरायसी उत्पादनले तीन महिना खान नपुग्ने उनलाई छोराछोरी हुर्काउन र पेट भर्न हम्मे छ । 

 

राक्सिराङ गाउँपालिकाको काँकडाका २१ बर्षीया रमिला चेपाङले पति आईतरामको दबाबमा अदालतबाट सम्बन्धविच्छेद गरिन् । ५ वटा छोराछोरीकी आमा रमिलासँग आईतरामले एक बर्षअघि देखि सम्बन्ध तोड्न चाहेका थिए ।

 

 तर उनले मानेकी थिईनन् रमिलालाई दबाद दिएर उनले अदालतबाटै सम्बन्धविच्छेद गर्न सफल भए ।, यो खबर आजको कान्तिपुरमा छ । 

सम्बन्धविच्छेद निशा चेपाङ

विशेष